प्रधानसेनापति शर्माले गरे अभ्यास शान्ति प्रयासको अवलोकन


काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले शनिबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन् ।

प्रधानसेनापतिलाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिले अभ्यासबारे जानकारी गराएका थिए ।

सो अवसरमा प्रधानसेनापति शर्माले कर्मचारी प्रशिक्षण कार्यक्रम, क्षेत्रीय प्रशिक्षण कार्यक्रम, महत्त्वपूर्ण सक्षमकर्ता र क्षमता अभिवृद्धिसँग सम्बन्धित कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरूसँग अन्तर्क्रिया समेत गरेका थिए ।

संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पीस अपरेशन इनिसिएटिभ (जीपीओआई) को सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा फागुण ०८ गतेबाट शुरू भएको नेपालसहित १९ राष्ट्रका सैनिकहरू सम्मिलित अभ्यास फागुण २१ गतेसम्म सञ्चालन हुनेछ ।

अवलोकन भ्रमणमा रथीबृन्द, अधिकृत एवं जीपीओआईका प्रतिनिधिहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement