रवि लामिछानेले मलाई गुन तिर्नुपर्नेछ : प्रचण्ड

रवि लामिछानेले मलाई गुन तिर्नुपर्नेछ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई गुन तिर्नुपर्ने बताएका छन् ।

संसदीय मामिलमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा कुरा गर्दै उनले लामिछानेलाई अप्ठ्यारो पर्दा आफूले गरेको साथ र सहयोगबारे सबै जानकार रहेको बताए ।

सभापति लामिछानेमाथि दोहोरो राहदानी र सहकारी ठगीको मुद्दा लाग्दा आफूले संरक्षण गरेको उनले स्मरण गरे । लामिछाने सहकारी ठगी, संगठित अपराध र सहकारी ठगी कसूरमा जेल बसेका बेला आफू भेट्न गएको पनि उनले स्मरण गरे । ‘रवि लामिछानेजीले मलाई गुन तिर्नुपर्छ,’ उनले भने, ‘पहिला उनलाई अप्ठ्यारो पर्दा मैले साथ दिएको थिएँ ।’

सभापति लामिछानेसँग आफ्नो बाक्लो कुराकानी हुने गरेको खुलासा पनि उनले गरे । ‘हाम्रो धेरै कुराकानी हुन्छ, अहिले पनि भइरहेको छ,’ उनले भने ।

लामिछाने, सभामुख डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ आफ्नो मन्त्रिपरिषद्मा मन्त्री रहेको सम्झना गर्दै उनले उनीहरूले आफूलाई र आफूले उनीहरूलाई नजिकबाट चिनेको बताए ।

सञ्चारकर्मीले प्रचण्डलाई उनका परिवारका सदस्यमाथि सम्पत्ति छानबिनसँग सम्बन्धित निकायले छानबिन गरिरहेको विषयमा प्रश्न गरेका थिए । जवाफमा सरकारका व्यक्तिहरूले ‘मिडिया ट्रायल’ गरेको टिप्पणी गरेका छन् ।