प्रचण्डलाई किन बोलाइएन बालुवाटार ?


काठमाडौँ-  वाम गठबन्धनको सरकारले पहिलो पटक नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिलिाई सम्बोधन गर्ने कार्यक्रममा सत्तारुढ दल माओवादी केन्द्र अनुपस्थित रह्यो । मंगलबार मध्यान्ह १२ बजेदेखि बालुवाटारमा एक घण्टासम्म प्रधामन्त्री केपी शर्मा ओलीले कूटनीतिज्ञहरुलाई सम्बोधन गरेको कार्यक्रममा माओवादीका मन्त्रीहरु समेत उपस्थित थिएनन् ।

एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालसमेत उपस्थित रहेको कार्यक्रममा अर्को सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित रहे । एमालेबाट रक्षा मन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री डा. युवराज खतिवडा पनि उपस्थित थिए । विभागीय मन्त्रीको हैयितमा प्रदीप ज्ञवालीले कार्यक्रममा स्वागत मन्तब्य दिए ।

तर, त्यो कार्यक्रममा एकजना पनि माओवादी मन्त्रीहरु उपस्थित थिएनन् । एकजना माओवादी मन्त्रीका अनुसार प्रधानमन्त्रीको कार्यालयबाट निम्ता नै नआएकाले कुनै मन्त्री उपस्थित नभएका हुन् । ‘हामीलाई कुनै जानकारी भएन, पार्टी अध्यक्षलाई जानकारी थियो भने त्यो थाहा भएन’, उनले भने, ‘विभागीय परराष्ट्र मन्त्री र प्रधानमन्त्री भइसकेपछि त्यहाँ हाम्रो उपस्थितिको पनि अर्थ थिएन ।’

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टी नै एक हुन लागेको अवस्थामा को उपस्थित भयो भएन त्यसले अर्थ नराख्ने बताइन् । ‘त्यो कार्यक्रम सरकारले गरेको हो, माओवादीले गरेको होइन, परराष्ट्रमन्त्री भएपछि अरुको जरुरी नै छैन । दुई पार्टीको सरकार भएकाले हामी हुनु र नहुनुले खासै फरक पार्दैन ।’ अन्नपूर्णपाेस्ट्मा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement