संसद सचिवालयलाई प्रचण्डको पत्रः प्रधानमन्त्री अ‍ोलीले गरेका काम मान्य हुँदैन


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई संसदीय दलबाट हटाएको जानकारी संसद सचिवालयलाई गराएको छ ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्री अ‍ोलीलाई दलको नेताबाट हटाएको जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री अ‍ोलीले गरेका कुनै पनि काम अनाधिकृत भई मान्य नहुने बताएका छन् ।

‘नेकपा तथा यसको संघीय संसदीय दलको नाममा केपी ओली वा अरु कसैले गरेका वा गर्ने पत्रचार वा कुनैपनि कामकारबाही अनाधिकृत भई मान्य नहुने कुराको जानकारी गराउँदछु’, उनले पत्रमा भनेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई अनुशासनसम्बन्धी उक्त विधानको धारा २८ (ख) मा व्यवस्था भएको ‘पार्टीको नीति, निर्देशन र संसदीय दलको निर्णय र आचार संहिताको पालना’ नगरेकाले नेकपाको अन्तरिम विधान २०७५ को व्यवस्था अनुरुप केन्द्रीय कमिटीको बैठकले पार्टी सदस्यबाट समेत निष्काशन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement