जापान पुगेर प्रचण्डले सिञ्जो आवेबारे झुट बोलेपछि….


काठमाण्डु- जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेको झूट सच्चाएका छन् ।

प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आवेको नेपाल भ्रमणमा बेला भएको भेटबारे आफ्नो भनाई सच्याएका हुन् । जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आबेसँग नेपालमा भ्रमणका बेला कुराकानी गरेको भन्दै झूट बोलेका थिए ।

‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टक्र्यासन(अन्तरक्रिया) राम्रो भएको थियो ।’

नेपालस्थित जापानी राजदूतावासका अनुसार आबे नेपाल भ्रमणमा आएका थिएनन् । हाल प्रचण्डले अरुको देशमा गएर पनि झुट भन्दै चौतर्फी आलोचना भइरहेको छ । त्यसपछि भने प्रचण्डले आफूले बोलेको झूट सच्चाएका छन् । जापानको फुकुवकामा भईरहेको नेपाल फेस्टिभल कार्यक्रममा संवोधन गर्दै उनले आफूले बोलेको झुटो कुरा सच्याउँदै सिञ्जो आवेसँग विभिन्न माध्यमबाट अनौपचारिक वार्ता हुने गरेको बताए ।

‘मेरो जापानमा आइ छाड्ने निर्णय भएको थियो एकदुई महिना अगाडि । त्यतिबेला जापानका प्रधानमन्त्री या पूर्व प्रधानमन्त्री आवेसँग विभिन्न प्रकारले भएका सम्पर्कमा कुराकानी हुने गरेको थिए । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध हुन पुगेको थियो । मैले जापान आएका बेला उहाँसँग फेरि एकचोटी प्रत्यक्ष भेटेर कुरा गर्ने जापानी राजदूतावासमार्फत पुर्याएको पनि थिएँ । तर दुर्भाग्य यही बीचमा उहाँको दुःखद अवसान भयो ।’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement