भागबन्डाबारे प्रचण्ड भन्छन्: काँग्रेस ८० सिटसम्म मान्छ


काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा संघीय निर्वाचन अन्तर्गत सिट बाँडफाँटबारे छलफल भएको छ ।

शनिबार पेरिसडाँडामा बसेको बैठकमा संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाँडफाँटका लागि सत्ता रूढ गठबन्धनले बनाएको कार्यदलमा भएको छलफलबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका हुन् ।  

बैठकमा नेपाली काँग्रेसलगायत दलहरूले राखेका आ–आफ्नो दावीबारे अध्यक्ष प्रचण्डले जानकारी दिएको स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।

उनका अनुसार प्रचण्डले सिट बाँडफाँटमा नेपाली कांग्रेस ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए ।  त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

यता नेपाली कांग्रेसका नेताहरूले भने आफूहरूले १०० सिटसम्म दावी गर्ने बताएका छन् । कांग्रेस नेताहरूले १०० सिटसम्म दावी गर्नको लागि पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस
Advertisement