गरिब परिवारको मान्छे दुईपटक प्रधानमन्त्री भएँ, गौरवशाली ठान्छु : प्रचण्ड

गरिब परिवारको मान्छे दुईपटक प्रधानमन्त्री भएँ, गौरवशाली ठान्छु : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गरिब परिवारबाट उठेर पनि देशको नेतृत्व गर्न पाउँदा गर्व लागेको बताएका छन् ।

आइतबार काठमाण्डुमा आयोजित दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनमा बोल्दै प्रचण्डले एउटा गरिब परिवारबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा आफूलाई गर्व लाग्ने बताएका हुन् ।

‘म एउटा गरिब परिवारको मान्छेले दुई पटकसम्म देशको नेतृत्व गर्न पाएँ । यसमा मलाई गौरवशाली पनि ठान्छु । मैले कहिल्यै नभएको विद्रोहको पनि मैले कमान्डमा गरेँ। सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ। विस्तृत शान्ति सम्झौताबाट युद्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ ।’, उनले भने ।

उनले आफू अहिले पनि सामन्तवादको अन्त्यका लागि संघर्षरत रहेको दावी गरे ।  ‘राजनीतिमा हामीले निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भन्यौँ । युवा भएकै बेला हामीले परिवर्तनका लागि अठोट गरेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छु।’, प्रचण्डले भने ।