देशको चाबी मेरो हातमा आउने स्थिति बनेको छ : प्रचण्ड


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति आफूमा केन्द्रित हुने स्थिति बनेको बताएका छन् ।

बुधबार माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले देशको राजनीति आफ्नो हातमा आउने स्थिति बनेको बताएका हुन् ।

यसका लागि आफूले ठुलो मिहिनेत गरेको उनको भनाइ छ । माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेकोसमेत प्रचण्डले दावी गरे ।  

‘यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा परोस् भन्ने जनताको चाहना स्पष्ट देखिएको छ।’, प्रचण्डले भने ।

 स्थानीय तह निर्वाचनकै बेला माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहे पनि आन्तरिक व्यवस्थापनमा कमजोरी भएकाले त्यो अवसर गुमेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस
Advertisement