बाबुरामसँगको सहकार्य धेरै अगाडि बढ्नेछ : प्रचण्ड


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य अगाडि बढ्ने बताएका छन् ।

यसभन्दा अघि ४ मङ्सिरमा हुने संघ र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए ।

यसैबीच शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वसहकर्मी भट्टराईसँगको सहकार्य मंसिर ४ गते संघीय चुनावसम्म मात्र नभई आउँदो दिनहरूमा पनि जारी रहने दावी गरेका हुन् । देशलाई समृद्धिको विकासको नयाँ मोडल आफूहरूले नै दिन सक्ने उनको भनाइ छ  ।

‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ ।’, उनले भने । 

प्रतिक्रिया दिनुहोस
Advertisement