भावी प्रधानमन्त्रीमा प्रचण्डको दाबी छैन !


काठमाण्डु- संघीय चुनाव नजिकिएसँगै भावी प्रधानमन्त्री को बन्ला ? भन्ने  बहस सुरु भएको छ । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनले आफूहरुले बहुमत ल्याउने र सरकार पनि आफ्नो नेतृत्वमा बन्ने दावी गर्दै आएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसका थुर्पै शिर्ष नेताहरूले भावी प्रधानमन्त्रीमा दावी गर्ने मनशाय राखिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने आफ्नो चाहना रहेको बताएका थिए ।

‘तपाईँहरुले मलाई धेरै ठुल ठुला अवसर दिनुभएको छ । अब पुनः एक पटक देशको चावी सम्हाल्ने मन छ’, केहीँ महिना अगाडि काठमाण्डुमा आयोजित एक कार्यक्रममा प्रचण्डले भनेका थिए ।

तर, यता नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नगरेको बताएका छन् । मंगलबार प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  प्रचण्डको प्रधानमन्त्रीमा दाबी नरहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा कुनै छलफल नभएको तर प्रचण्डका शुभच्छुकहरुले प्रचण्डलाई प्रधामन्त्री  भनेको दावी गरे ।  महतले चुनावपछि पनि गठबन्धनको सरकार बन्ने दावी गर्दै प्रधानमन्त्रीको विषयमा गठबन्धनमा हालसम्म कुनै सहमती नभएको बताए ।

 उनले चुनावपछि बन्ने गठबन्धन सरकारको नेतृत्व कसले गर्ने निर्णय भइनसकेको भएपनि नेपाली कांग्रेसले नै गर्ने दावी पनि गरे । उनले संविधानको रक्षा, स्थिरता र समृद्धि प्रधानमन्त्री शेरबहादुर देउवाले मात्र गर्न सक्ने बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस
Advertisement