प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता, के भयाे छलफल ?


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवार उठाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने पक्षमा छन् । खनाल यसअघि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement