नयाँ शक्तिका केन्द्रीय सदस्यलाई पार्टीमा भित्र्याउदै प्रचण्डले भने-केही दिनमै अर्काे घोषणा


काठमाडौँ—तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी छन्।

धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित स्वागत कार्यक्रममा उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्वागत गरेका हुन्।

विक पूर्व संविधानसभा सदस्य हुन्। सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गिय संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए।

‘कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने प्रक्रियाको एउटा कडीका रूपमा बुझ्नुपर्दछ । देशमा समाजवादको आधार निर्माण गर्ने गरी समृद्धिकै अभियान तिर अघि बढ्ने एउटा कडी हो यो ।’

प्रचण्डले केही दिनमै  एकतासम्बन्धी अर्काे घोषणा हुने बताए पनि विस्तृत खुलाएनन्।

प्रतिक्रिया दिनुहोस
Advertisement