भ्रष्टाचारविरोधी अभियान रोकिनेवाला छैन, अरु फाइल पनि खुल्दैछन्: प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका अरु फाइल पनि खुल्ने बताएका छन् । आइतबार काठमाण्डुमा समाजवादी मोर्चासम्बद्ध विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताउदैँ भ्रष्टाचारका अरु फाइल पनि खुल्ने उद्घोष गरेका हुन् ।

‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, उनले भने । उनले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताएका छन् । उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement