माओवादी अध्यक्षले गरे नेपालगञ्ज रंशगालाको अवलोकन

माओवादी अध्यक्षले गरे नेपालगञ्ज रंशगालाको अवलोकन


नेपालगञ्ज-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।

आज रंगशालाको अवलोकन गर्दै उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको बताए ।

उनले हिजो सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको पनि अवलोकन गरेका थिए ।

‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उनले भने ।

यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरू पनि आवश्यक पर्ने उल्लेख गर्दै उनले नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन खेलाडीहरुलाई आग्रह गरे ।