खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता, के भयो कुराकानी ?


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । बुधबार राजदूत यान्छीले खुमलटारस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका सम्बन्धबारे छलफल केन्द्रित भएको स्रोतले जानकारी दिएको छ ।

चीनका विदेशमन्त्री यीले चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाण्डु आउने तयारी गरेका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement