प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति, घोषणापत्र पनि माओवादीकै हुने


काठमाण्डु- नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।

आइतबार खुमलटारमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको भेटवार्तामा माओवादी केन्द्रकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट लड्ने सहमति जुटेको हो ।

यसको औपचारिक घोषणा भने सोमबारसम्म हुने स्रोतको दावी छ । सरकारले संघीय निर्वाचनको मिति अगामी मंसिर ४ गते तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement