प्रचण्ड चीनकाे नान्जिङ पुगे, बेइजिङ यात्रा अनिश्चित


काठमाडाैं– चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चिनियाँ आज चीनको नान्जिङ पुगेका छन् । जहाँ उनले चिनियाँ उपराष्ट्रपति वाङ क्वीसानसँग भेट गर्दैछन्।

दुई देशबीच भएका पुराना सहमति र सम्झौताहरुको कार्यान्वयनको लविङका लागि चीन उडेका प्रचण्डले उपराष्ट्रपति वाङसँग छलफल गर्नेछन् ।

अध्यक्ष प्रचण्डकाे बेइजिङ यात्रा भने चीनिया राष्ट्रपति सी चिनफिङसँगको भेट हुने निश्चित भएपछि मात्रै हुनेछ । राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम तय भएमा बसाइ एक दिन लम्बनेछ । बेइजिङ नजाँदा प्रचण्ड बुधबार स्वदेश फर्कने कार्यक्रम छ। उपराष्ट्रपति क्वीसान र अध्यक्ष प्रचण्ड विश्व शान्ति स्मृति दिवसको अवसरमा नान्जिङमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन्।

प्रचण्डको चीन भ्रमणको अवसरमा हुने मुख्य कार्यक्रम त्यही स्मृति दिवस हो, जहाँ उनले सम्बोधन गर्नेछन्। नान्जिङमा रहेका प्रचण्डले मंगलबार बिहान डोङ्गिओ स्टेट गेष्ट हाउसमा पत्रकार सम्मेलन समेत गरेका छन्।

विश्व शान्ति स्मृति दिवस नै प्रचण्डको चीन भ्रमणको मुख्य कार्यक्रम रहेकाले त्यो कार्यक्रमपछि प्रचण्ड बेइजिङ जाने नजाने दुबै सम्भावना बराबरी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement