दिल्लीमा प्रचण्डको पहिलो भेट विजय चौथाईवालेसँग


काठमाण्डु – दुई दिने भारत भ्रमणमा दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट सुरु गरेका छन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिल्ली पुगेका प्रचण्डलाई राजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका हुन् ।

प्रचण्डसँगको भेटको तस्बिर चौथाइवालेले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । दुई जनाबीचको भेटका क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा, प्रचण्ड पुत्री एवम् स्वकीय सचिव गंगा दाहाल पनि सहभागी थिए ।

दुई दिन भारतमा रहँदा प्रचण्डले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने उच्च सम्भावना छ । दिल्लीमा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement