गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजीको नाम सिफारिस

गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजीको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा–१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटचुनाव लड्ने बताइरहँदा उनको नाम गोरखा १ बाट सिफारिस भएको हो । आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए ।

माओवादी केन्द्र गोरखाले भने उकत क्षेत्रमा अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए ।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्। २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए ।

त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए ।बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन्। बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन्।