बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के-के भयो छलफल ?


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा यी दुबै नेताबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको जनाइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलबीच छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement