काठमाण्डु – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमढा गर्ने भएका छन् ।
पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को बेला पार्टी नेतृत्व फिल्डमा देखिनुपर्ने सुझावको आधारमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल बाढी प्रभावित क्षेत्र जाने तयारी गरेका हुन् ।
बाढीले ठुलो विनाश निम्त्याएसँग नेकपाले केन्द्रीय संयोजन समितिको आकस्मिक बैठक बोलाएर खोजी, उद्धार र राहत वितरणमा खटिने सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको थियो ।
पार्टीले बागमती प्रदेशका इन्चार्ज गङ्गालाल तुलाधरको संयोजकत्वमा खोज, उद्धार समन्वय समिति गठन गरेको छ । बाढी आएकै दिन सङ्गठन विभाग प्रमुख वर्षमान पुन, नेता नन्दकिशोर पुन पासाङ लगायत नेताहरू नुवाकोटको सदरमुकाम पुगेका थिए ।
बैठकले बाढी प्रभावित क्षेत्रमा जान संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई सुझाव दिइएको नेता त्लाधरले जानकारी दिए ।
प्रधानमन्त्री, अन्य दलका नेतृत्व पनि प्रभावित क्षेत्रमा गएपछि पार्टीको उपस्थिति पनि देखिनुपर्छ भन्ने सुझावका आधारमा संयोजक र सहसंयोजक फिल्डमा जाने तयारी गर्नुभए उनले भने ।




प्रतिक्रिया