महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई टेरेनन् !


काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउन अस्वीकार गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री किरातीले सात दिनको समय दिँदै स्पष्टीकरण सोधेका थिए ।

गत असार ११ गते मन्त्री किरातीले अधिकारीलाई विभिन्न आरोप लगाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए। आज उक्त समय सिमा सकिएको छ । तर, महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नबुझाउने भएका छन् ।

अधिकारीले कारबाही भोग्न तयार भएको बताएका छन् । निर्धारित समयमा स्पष्टीकरण नदिएका महानिर्देशक अधिकारीले ट्वीट गर्दै प्राधिकरण स्वायत्त निकाय भएको उल्लेख गरेका छन् । यससँगै महानिर्देशक अधिकारी र मन्त्री किरातीबीच द्वन्द्व अझ बढ्ने देखिएको छ । अधिकारीमाथि प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकाय बनाउन अवरोध गरेको आरोप लागेको छ ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीले सांसदलाई आर्थिक प्रलोभनमापारी विरुद्धमा बोल्न लगाएको बताउँदै आएका छन्। तत्कालिन उड्डयन मन्त्री प्रेम आलेले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेका थिए । पछिल्लो समय प्रेम आले किरातीका नीतिको विपक्षमा चर्को बोल्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement