सिंहदरबारमा परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा चिनियाँ राजदूत होउ यान्छीले मन्त्रीसँग भेटवार्ता गरेकी थिएन् ।

भेटमा चीन–नेपाल सम्बन्धबारे छलफल भएको थियो । मन्त्री ज्ञवाली र राजदूत यान्छीको भेटलाई महत्वका साथ हेरिएको छ ।

राजदूत यान्छीले यसअघि नेकपा अध्इक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् । नेकपाभित्रको विवाद चर्किरहेका बेला राजदूतको राजनीतिक भेटवार्तालाई महत्वकासाथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement