प्रदेश १ : विश्वासको मत लिन मुख्यमन्त्री आचार्यले बोलाए प्रदेशसभा अधिवेशन


काठमाण्डु – प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको हो ।

माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गरेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । संविधानअनुसार सत्तारुढ दल विभाजन भएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही प्रयोजनका लागि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन प्रदेसभाको बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभामा कुल ५१ सांसदमध्ये १० जना सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी रोजेपछि हाल एमालेमा सभामुखसहित ४१ सदस्यमात्र कायम छन् ।

प्रदेशसभाका कायम रहेका ९२ सदस्यमध्ये विपक्षी गठबन्धन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

प्रदेशसभामा बहुमत प्राप्त गर्न ४७ सांसदको आवश्यकता पर्नेमा अहिले विपक्षी गठबन्धनमा ५० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement