प्रधानसेनापति थापा र चीनका कमाण्डर जन्जीबीच शिष्टाचार भेट


काठमाडौं – साताव्यापी चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र चीनका कमांडर जेनो झा जन्जीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा सप्ताहव्यापी भ्रमणका क्रममा चीन पुगेका प्रधानसेनापति थापाले चेंगदू, डुजुआंगान सिटीमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

चेंगदू, डुजुआंगान सिटीमा रहेका प्रधानसेनापति थापाले डुजुआंगान सिटीस्थित विभिन्न पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका छन् ।

भ्रमणकै सिलसिलामा आज प्रधानसेनापति थापा चेंगदूबाट बेइजिङ पुग्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाले बताएको छ । औपचारिक भ्रमण समाप्त गरी उनि ७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement