प्रधानमन्त्री अोलीले संसदमा मंगलबार विशेष सम्बोधन गर्ने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा मंगलबार संसद्‌मा विशेष सम्बोधन गर्ने भएका छन्।

संसद्‌को चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको जनाइएको छ । संसद् बैठकले अघिल्ला सरकारले अध्यादेश मार्फत पारित गरेका दुई विधेयकलाई पास गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री ओलीको सरकार गठनपछि भारतको भ्रमण पहिलो विदेश भ्रमण हो । उनी चैत २३ देखि भारतको ३ तीने राजकीय भ्रमण गर्नेछन् । यसअघि संसद्‌ बैठकमै प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनले जानकारी पाउनुपर्ने सांसदहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement