विमस्टेक बडापत्र बनाउन आवाज उठाउनुपर्छ : पूर्वराजदुत शाह


काठमाडौं– पूर्वराजदुत एवम् परराष्ट्रविद् प्रद्युम्न विक्रम शाहले विमस्टेक शिखर सम्मेलनमार्फत विमस्टेक बडापत्र बनाउन आवाज उठाउनुपर्ने बताएका छन् ।

शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा बोल्दै उनले भने,‘यसलाई राम्रोसँग सञ्चालन गर्नको लागि पनि बडापत्र चाहिन्छ । विमस्टेकको बडापत्र सार्कजस्तो नभएर अलिक फ्लेक्जिवल हुुनुपर्छ ।’

यद्धपी उनले विमस्टेकको कमजोरी भनेकै नेतृत्वको संकट देखिएको सुनाए । उनले भने,‘विमस्टेकको अहिलेको कमजोरी भनेको यसको नेतृत्वमा देखिएको संकट नै हो ।’

उनले थाईल्याण्ड र म्यानमारको झुकाव आसियान मुलुकसँग बढि रहेको सुनाए । ‘भारतको आसियानसँग ठूलो व्यापार छ ।’–उनले भने,‘१५ भन्दा बढि संयन्त्र अहिले आसियानसँग सक्रिय छन् । भारतले आफ्नो व्यापार आसियानमार्फत गर्छ । भारतले आसियानमा नियोग स्थापना गरी आसियानसँग प्रत्यक्ष व्यापार अभिवृद्धि गरिरहेको छ । विमस्टेकमा भारतलाई खासै चासो छैन।’ उनका अनुसार आसियानसँग भारतको ८७ बिलियन अमेरिकी डलरको व्यापार अहिलेपनि चलिरहेको छ ।

विमस्टेकमा सदस्यताको प्रतिनिधित्वमा सन्तुलन नभएको उनको भनाई छ । शाहले भने,‘भविष्यमा लाओस्, भियत्नामा, मलेसिया र कम्बोडियाजस्ता मुलुकलाई पनि विमस्टेकमा सहभागी गराउनुपर्छ । यसो गर्न सकियो भने सार्क र आसियान क्षेत्रका सदस्यहरुको सन्तुलन हुन्छ । विमस्टेक भनेको आसिायन र सार्कको पुल हो । यसलाई सन्तुलन बनाउन जरुरी छ।’

विमस्टेकको आफ्नै छुट्टै बैंक हुन सके राम्रो हुने उनको सुझाव छ । उनले थपे,‘सन् २०१६ मा भारतको गोवामा भएको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलनले पनि ब्रिक्स बैंकमार्फत विमस्टेक राष्ट्रहरुलाई फाईनाईन्सियल सुविधान दिने घोषणा गरेका थियो । हामीले एआईआईबीमार्फत जहाँ (भारत, चीन र नेपाल) संस्थापक सदस्य छन् । त्यस्ता बैंकबाट न्यून ब्याजमा सफ्ट लोन लिएर क्षेत्रिय परियोजनाहरु अघि बढाउनुपर्छ ।’

उनले विमस्टेटकको प्राथमिकतामा कनेक्टिभिटी (रेल, विमान र यातायात) र उर्जा क्षेत्रलाई राख्नुपर्ने धारणा राखे । त्यस्तै पर्यटन क्षेत्रलाई पनि विमस्टेकले बढावा दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘यही सम्मेलनमार्फत बुद्धिष्ट सर्किटको अवधारणालाई अघि बढाउन संयुक्त प्रयास गर्नुपर्छ । यसको लागि नेपालले विशेष पहल गर्नुपर्छ।’

विमस्टेकमा उच्च हिमालदेखि पानीको जिरो लेभलसम्मका राष्ट्रहरु आवद्ध भएको उल्लेख गर्दै शाहले भने,‘विमस्टेकमा हिमाल, पहाड र नदीनाला सबै छन् । यस्तो कुराहरु सार्क, आसियान लगायत अरुमा फोरममा पाईँदैन् । विमस्टेकमा त बायो डाईडाईभर्सीटी छ ।’

विमस्टेकले माउन्टेन ईकोनोमीको अवधकारणापत्र समेत तयार पारिरहेको उनले जनाए । उनले भने,‘विमस्टेकमा भएको जैविक विविधताको फाईदा लिनुपर्छ ।

विमस्टेकले ‘ब्लु–ईनोनोमी’ को अवधारणालाई अघि सारेको सनाउँदै उनले भने,‘नेपाल भुपरिवेष्ठित राष्ट्र भएपनि हामीले सामुन्द्रिक कानून अनुसार समुन्द्रको उच्च तट (२०० सय माईल) सम्म हाम्रो हक हुन्छ । नेभिगेशनको हक तथा उच्च समुन्द्र तटमा भएका सम्पत्तिहरुको हक (ग्याँस, पेट्रोल ) हुने कुरालाई यस पटकको शिखर सम्मेलनमा नेपालले उठाउनुपर्छ ।’

शाहले नेपाल अध्यक्ष राष्ट्र भएकोले विमस्टेक सम्मेलनमार्फत आगामी सन् २०३० सम्मको भिजनरी डकुमेन्ट तयारी गर्नुपर्ने सुझाव दिए । उले भने,‘भिजनरी डकुमेन्ट बनाउनको नेपाल अध्यक्ष राष्ट्र भएकोले सन् २०३० सम्म अग्रसरता लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement