काठमाण्डु-५ मा २८२६ मतले पछाडि परे ईश्वर पोखरेल


काठमाण्डु – काठमाण्डु-५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो ।

हालसम्म काठमाण्डु-५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लिड गरिरहेका छन् । उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई २८२६ मतान्तरले पछाडि पारेका छन् ।

पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले ६ हजार तीन सय ७० मत पाएका छन् । अब १७ हजार मत गन्न बाँकी छ । चुनावी मैदानमा १४ स्वतन्त्रसहित २९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement