‘प्रहरी रिपोर्ट’ महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाबाट पनि लिन सकिने


काठमाडौं‌- शुक्रबारबाट ‘प्रहरी रपोर्ट’ महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाबाट पनि वितरण तथा संकलन हुने भएको छ ।

प्रहरीले वितरण प्रणालीलाई सहज र सर्वसाधारणको लागि यो सुबिधा थप गरेको जनाएको छ । प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले यो व्यवस्थाले सर्वसाधारणलाई सहज हुने जनाएका छन् ।

अहिले प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ प्रदेश प्रहरी कार्यालय, विराटनगर, ३ प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी इकाई कार्यालय, नेपालगञ्ज र ७ प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघीय प्रहरी इकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement