प्रकाण्डलाई सर्वाेच्च अदालत उपस्थित गराइदै


काठमाडाैं– जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई साेमबार सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

सर्वोच्चको आदेश अनुसार विश्वकर्मालाई अदालतमा उपस्थित गराउन राजधानी ल्याइएकाे छ ।

एक हप्ता अगाडि काठमाडौंबाट विश्वकर्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement