काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले ३ वटा सुरक्षा निकायका प्रमुखसँग संयुक्त रूपमा छलफल गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए ।
उनीहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आ–आफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराएका थिए । भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिएका उनको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया