भाईलाई सम्झिएर प्रकाशका दिदीहरु भावुक : तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ बाबु !


कठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको २ वर्ष पुगेको छ । प्रकाशको दुई वर्ष अगाडि आजकै दिन अर्थात २०७४ मंसिर ३ गते निधन भएको थियो ।

स्वर्गिय प्रकाशको अभावमा प्रचण्ड परिवार अहिले पनि तड्पिरहेको छ । छोराको निधनले आमा सीता दाहाल गम्भीर रोगको शिकार बन्न पुगिन् ।

त्यस्तै प्रकाशको निधनको भएको दोस्रो पुण्यतिथिको अवसरमा उनका दिदीहरु गंगा दाहाल र रेणु दाहालले सामाजिक सञ्जाल फोसबुकमार्फत सम्झिएका छन् ।

रेणुले फेसबुकमा लेखेकी छन्, ‘दोस्रो स्मृती दिबस भाबपूर्ण श्रदान्जलि बाबु।miss you Babu ??

साथै प्रकाशलाई सम्झिँदै गंगाले लेखेकी छन्, ‘ बाबु कसरी लेखु तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छोडेका जिम्मेवारी पुरा गर्ने कोशिस गर्दैछु बाबु??miss you every second ?Rest in peace❤️ ??

प्रकाशले सम्हाल्दै आइरहेको जिम्मेवारी अहिले गंगाले सम्हाल्दै आइरहेकी छन् भने रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । त्यस्तै प्रकाशकी पत्नी विना मगर खानेपानी मन्त्री छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement