कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीले माफी मागे


काठमाण्डु – टेलिभिजन कार्यक्रममा रजतपटका सञ्चालक प्रकाश सुवेदीले माफी मागेका छन् । सुवेदीले टेलिभिजन कार्यक्रममार्फत आफुबाट गल्ती भएको भन्दै माफी मागेका हुन् ।

सुवेदीले कार्यक्रम रजतपट मार्फत अभिनेत्री पूजा शर्मालाई लक्षित गर्दै ‘दारा भएकी महानायिका’ शब्द प्रयोग गरेका थिए ।

‘मैले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो अनर्थ ‘दारा’ शब्द बोल्नु हुँदैन थियो, जुन मेरो मुखबाट फुस्कियो । अब आइन्दा यस्तो हुँदैन,’ उनले भनेका छन्, ‘यस बिषयको माफी एक पटक, सय पटक, हजार पटकभन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु ।’

अभिनेत्री पूजा शर्माले आइतबार चलचित्रकलाकार संघ, बिकाश बोर्ड लगायत बिभिन्न संघसंस्थामा उनीबिरुद्ध उजुरी दर्ता गराएपछि सुवेदीले साँझ टेलिभिजनमार्फत माफी मागेका हुन् ।

बिहीबार रजतपटमा बोलेको शब्द कसै प्रति लक्षित नभएको बताउँदै सुवेदीले चलचित्र क्षेत्र आफ्नो परिवार भएको र यसलाई सधैँ माया गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement