प्रकाशमानलाई मतदाताको प्रश्न- मेलम्चीको पानी कहिले आउँछ ?


काठमाण्डु- आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका छन् ।
मंगलबार सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका हुन् ।

मतदाताले मेलम्ची पानीको बारे गुनाशो गरेको बताउदै आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको सिंहले बताए । सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे ।

काडमाडौं क्षेत्र नं। १ का मतदाताले आफूलाई तीन पटक विश्वाश गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके उनले बताएका थिए ।

संविधान र्निमाण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए । ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्याएको छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement