काठमाण्डु-राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । उनी सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीशराउतले आइतबार दिउँसो शपथ लिनेछन् । शपथपछि उनले पदभार ग्रहण् गर्नेछन् । अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले भदौ ३१ गते राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
राउत असोज १६ गते संसदीय समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका थिए । श्रेष्ठको सर्वोच्चबाट आइतबार नै बिदाइ हुँदैछन् । राउत २०८२ चैत १६ गतेसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् ।
प्रतिक्रिया