प्रमोद खरेलको नयाँ गीत ‘तिम्रो लागि अग्नीमा’ सार्वजनिक


काठमाडौं । चर्चित गायक प्रमोद खरेलको ‘तिम्रो लागि अग्नीमा’ नयाँ गीत सार्वजनिक भएको छ ।

उक्त ‘तिम्रो लागि अग्नीमा’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने शब्द रचना सम्भू पन्तको रहेको छ । प्रमोद खरेल जारी सांगीतिक रियालिटी ‘शो’ भ्वाइस अफ नेपालका कोच पनि हुन् ।

गीतको भिडियोमा रिमा विश्वकर्मा, सम्भू पन्त र सुरज खड्काले फिचरिङ गरेका छन् । भिडियो निर्देशन सुरेश डिसीले गरेका हुन् भने शिभराम श्रेष्ठले खिचेको भिडियो सम्पादन माधव वेल्बासेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement