काठमाण्डु– आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने छ । आजको बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ ।
परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक २०८३’ प्रस्तुत गर्ने छन् ।
यस्तै युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३’ यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ माथि छलफल गरियोस् भन्ने प्रस्ताव र ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।




प्रतिक्रिया