प्रतिनिधिसभाको बैठक सुरु (LIVE)

प्रतिनिधिसभाको बैठक सुरु (LIVE)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले उठेर विरोध गर्दै आइरहेका छन् ।

त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदलाई बस्न आग्रह गर्दै कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्ने समय दिएका छन् ।