सर्वोच्चको अन्तरिम आदेशसँगै उपप्राध्यापक चलाउनेले तोडे अनशन


काठमाण्डु – त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन तोडेका छन्। सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार अनशन तोडेका हुन्।

सरकारले चलाउनेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी त्रिभुवन विश्वविद्यालय परिसरमा पाँच दिनदेखि अनसनरत थिए।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएसँगै चलाउनेले अनशन तोडेका हुन्। चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement