नेपालको राज्यसंयन्त्रमा यस्तो छ भारतको प्रभाव,सेनाका अवकासप्राप्त जर्नेलको सनसनीपूर्ण खुलासा


– डा. प्रेमसिंह बस्न्यात
२०५४ सालको असोज–कार्तिक महिनातीर यो पंक्तिकारले मित्रराष्ट्र भारतको पुरानो दिल्लीको टिमारपुरमा सैनिक मनोविज्ञान तालिम लिन जाँदा तत्कालीन तालिम केन्द्रका प्रमुख तथा महान बैज्ञानिक र पछि भारतको राष्ट्रपति अब्दुल जे कलामबाट “स्ट्रेस म्यानेज्मेन्ट” संवन्धि दुई पिरियड प्रवचन लिने मौका पाएको थियो । यो प्रवचन मनोविज्ञानसँग जोडीएको थियो ।

 

 

 

 

यसमा (विनिङ्ग द हार्ट एण्ड माइन्ड अफ पीपुल) मानिसको मन जित्ने किन र के को लागि भन्ने समेत थियो । त्यही सिलसिलामा उहाँले भारतले छिमेकीहरुलाई दिने सैक्षिक र विकासको सहयोगको मुख्य उदेश्य भनेको छिमेकी देसका बौद्धिक बर्ग, राजनेता तथा कर्मचारीहरुको मन मष्तिष्क भारतको रणनितीतर्फ फर्काउने, सहयोगी बनाउने र अन्तत साना छिमेकी देसहरुलाई गाभेर भारत बर्षको पुरानो “ग्रेटर इन्डिया” बनाउने नै हो ।

 

 

 

जुन “स्टेबल इन्डियन नेसनल सेक्यूरिटी” को डिमान्ड हो भन्नु भो । त्यस पछि यो पंक्तिकारले कक्षामा आपत्ती जनाएको थियो । उहाँले घुमाउरो पारामा भुल भएको जस्तो संकेत दिनु भो मात्र । हो, पूर्व राष्ट्रपति कलाम एकदम ठिक थिए । उनले आफ्नो देसको हित र राष्ट्रिय स्वार्थको लागि बोलेका थिए । यसमा अन्यथा लिनु पर्दैन ।

 

 

 

प्रधानमंत्री जवहारलाल नेहरुको पाला देखि कै रणनिती हो की ग्रेटर इण्डिया बनाउनु पर्छ भन्ने । हरेक राष्ट्रको बाह्य स्वार्थ हुन्छन् । त्यस मध्य अहम् भुमिका इन्टेलीजेन्स अर्थात खवर संकलन र रोकथाम बाटै सम्भव छ । अफेन्सिभ र प्रिभेन्टीव इन्टेलीजेन्स हुन्छन । प्रिभेन्टीव अर्थात काउन्टर इन्टेलीजेन्स को काम विदेशीहरुले आफ्नो जनतामाथि पार्ने अवान्छित प्रभाव रोक्नु हो ।

 

 

 

त्यसलाई काउन्टर सबभर्जन पनि भनिन्छ । भन्नुको मतलब अर्कालाई चोर भन्नु भन्दा आफ्नो थैलीको मुख बन्द गर्नु त्यो देसको कर्तब्य हो । विशेष गरेर २०४७ साल पछि नेपाल यस मामिलामा झन्डै सुन्य स्थितीमा छ । जान्ने–सुन्ने भनौदा धेरै नेपालीहरुको मन बिदेसीहरुले किनेर नेपालकै “होस्टायल सिटीजन” अर्थात फिफ्थ कलोमीष्ट बनाइ झन्डै ८० प्रतिशत भारतमुखी, युरोपीय मुलुकमुखी २० र अमेरीका लगायत अन्य मुलुकमुखी १० प्रतिशत रहेको अनुमान लगाउन सकिन्छ ।

 

 

 

 

यसको मुल कारण विकास नभएको तर विलासी नागरीक बढेको नेपालको अवस्थाले हो । २०४६ सालको अन्ततीर बाट नेपालीले ह्वात्तै किसिमले पश्चिमाको सुख, सयल, भोग, विलास, शिक्षा, रोजगारी देखे । अब उनीहरुले नेपालमा स्वाभीमान बिर्सिए । हामी नेपाली राता रात र दिनमा दोगुना रातमा चौगुना धनी हुन, सुख सयल गर्न सिके पछि नै हामी अर्काको दलाली भयौं ।

 

 

 

 

त्यसमा पनि विगतको माओवादी युद्धको एउटा गैह्र सामाजिक पाठ भनेको “इजी मनी अर्र्निङ्ग” अर्थात काम नगरेर नै करोडपति बन्ने, मोज मस्ती गर्ने हो । त्यो पैसा विदेसीको दलाल भएर, बन्दुक देखाएर, अपहरण गरेर, धम्क्याएर, लुटेर दुई नंबरी काम गरेर संभव रहयो । अनि जिन तिनले खोले–ढिडों खाने हैसीयत हुनेहरु “लखनौका नवाब” बने, राता रात । जुन गलत संस्कारले विगतको दुई दशकदेखि नेपाललाई छोपेको छ । अनि यहाँका प्राय जसो कमलजीवी, बुद्धिजीवी, नेता, विद्यार्थी, नागरीक समाज, राष्ट्र सेवक नेपालकै “होस्टायल सिटीजन” बनेका छन् । किनकी हाम्रो इमान, जमान अर्काको पैसामा बेचीएको छ ।

 

 

एउटा सत्य के हो भने जनताले नचेतीकन देशले राष्ट्रियता पाउन मुस्किल हुन्छ । ठुला राष्ट्रिय संकट, लडाई, महामारी आदि बाट चेत खाएका जापान, चीन, कोरीया, भारत, पाकिस्तान, बंगलादेस, पोल्यान्ड, जर्मनी आदीमा स्वाभीमान बढि हुनु त्यसकै परिणाम हो ।

 

 

 

नेपालमा एकीकरण युद्ध अभीयान, तिब्बत र चीन संगको युद्ध, अंग्रेजसँगको युद्ध, भारतले लगाएका विभिन्न नाकाबन्दीमा देसभित्र स्वाभिमान उर्लिएका थिए । २००७ साल पछिको कुरा गर्दा वास्तवमा राष्ट्रवादी र स्वाभीमानी युग भनेको नेपालमा तुलसी लाल श्रेष्ठ, विश्वस्वर प्रसाद कोइराला र राजा महेन्द्रको जमना नै थियो । ति तिनै जना पात्र एकै पटक, एकै समयमा जन्मीनु र अस्ताउनु नेपालको लागि दुर्भाग्य थियो ।

 

 

 

 

उक्त तिनै पात्रले विदेसीको दलाल हुन चाहेनन् । उनिहरु बिच राजनैतिक मत मतान्तर रहे पनि राष्ट्रियता र स्वाभीमानको लागि ति अडिग “त्रिमुर्ति” रहे । राजा महेन्द्र र वि.पि. कोइराला बिच राजनैतिक एकता नहुनु नै नेपालको ठुाले दुर्भाग्य बन्यो । अनि राजा महेन्द्र अर्को १० बर्षे बाँचेको भए नेपालका सिमानामा पर्खाल लाग्दथ्यो । हाल भैरहेको भारतीय सिमा अतिक्रमण पक्का रोकिन्थ्यो ।

 

 

 स्वतन्त्र र नेपाली भएर भन्नु पर्दा हाल नेपालमा रहेका सवै जसो राजनैतिक दलका २ तहका नेताहरु मध्य झन्डै ९० प्रतिशत भारतबाट सबभर्सिब (भारतको नुनको सोझो गर्ने) बनेका र ति मार्फत नेपालको उद्योग धन्दा, रोजगारी, राजनिती, भौगोलीक अखण्डता माथि “सावोटाज” अर्थात बर्वादी गराइएको छ ।

 

 

 

 

सबैभन्दा ठुलो खतरा हाम्रा कलमजीवी विद्वान, राष्ट्र सेवक र नागरीक समाज नै छन् । नेपाललाई भारतमुखी र भारतप्रति लम्पसार बनाउनुमा यहाँको धेरै कर्मचारीहरु नै बिकेका छन् । भनाइमा, नेपालका राष्ट्र सेवक गराइमा भारतीय नुनको दलाल बनेका छन् । यो विडम्बना हो ।

 

 

 

नेपालका सुरक्षा अंगका भैरहेका प्रमुख, हुनेवाला प्रमुख र उच्च दर्जाका कतिपय फुलीदार प्रमोसन माग्न, जागिर थाम्न र म्याद थप्न उतै पुगेका दृष्ठान्त छता छुल्लै छन् । यो हामीले भारतलाई दोष दिन मिल्दैन । हाम्रा भिखारी नेता, राष्ट्र सेवक र बुद्धिजीवी नै वदमास हुन । अहिलेका, नेताहरुको छोरा छोरी, भाई, ज्वाइ, सवैलाई उतै पढाइएको छ । खर्च पर्च दिइएको छ । महिनावारी बुझ्ने गरेको तथ्य टाढा छैन ।

 

 

 

प्रधानमंत्री, मंत्री, अख्तियारको प्रमुख, आइजीपी, सचिव लगाएतका नियुक्ति लैनचौरका भारतीय राजदुत कै हातमा छ । जताको नुन खायो उतैको गाना गाउनेहरुको संख्या अत्याधिक छ । नेपालको राष्ट्रिय एकतामा प्रहार गर्ने कलमजीवीहरु ले  आफ्नो मनले “महेन्द्रिय राष्ट्रबाट” लेख्ने गरेका न भै उतैबाट लेखाइएको हो । उतैबाट पैसा बुझेर नेपालको विरुद्धमा अंग्रेजीबाट पुस्तक लेख्ने प्राज्ञ विज्ञ पनि धेरै छन्, नेपालमा । ति प्राज्ञ विज्ञ भनौदाहरुले किन त्यही विषयमा नेपालीमा पुस्तक लेख्ने हिम्मत गर्दैनन्? प्रष्ठै छ, ती लेखाई प्रायोजित छन् ।

 

 

अर्को पक्ष भनेको युरोपका केही देश हुन । यिनका मुल उद्देश्य भनेको नेपालका जात जाती वीच फुट ल्याउन सक्ने प्राज्ञ विज्ञलाई मनज्ञ पैसा दिएर र युरोपको भ्रमण गराएर नेपालमा जातिय द्वन्द, धार्मिक द्वन्द श्रृजना गर्नु हो । यिनले सवभर्जन गर्ने तार्गेट मध्य न्यायालय, व्यवस्थापिका, जनजाती नेता, महिला, पुरुष बिच झगडा बनाउने नेतृ, तराई टुक्र्याउन लागि पर्ने समुह आदि हुन ।

 

 

मुख्य उद्देश्य नेपालको हिन्दु र बौद्ध धर्मलाई विस्थापित गरी नेपालका धर्मगुरु भ्याटिकन कै पोपलाई बनाउनु हो । युरोपियनहरु र यिनका पैसा खाने दलालहरुले बडामहाराज पृथ्वी नारायण शाहलाई “खसबादी” भन्छन् र लेख्न नलगाउँछन् । अनि नेपालीको चुच्चे र थेप्चे नाक नाप्न थाल्छन् । हाल तराई टुक्र्याउने मामिलामा सहयात्री बनी रहेका छन् । नेपालमा माओवादी युद्ध सुरु भएपछि आजको दिन सम्म यिनीहरु सफल रहेका छन् ।

 

 

 

छिमेकी देश भारतभन्दा युरोपीयन मुलुक खतरनाक रहेका छन् । यिनले टाई, सुट, मिनीस्कट लगाउने र अंग्रेजी बोल्ने बुद्धिजीवीलाई किन्छन र नेपालमा “होस्टायल सिटीजन” बनाइसकेका छन् । अर्को पक्ष भनेको अमेरीका र चीन पनि हो । अमेरीकाले नेपालमा तिन पुस्ते एजेन्ट बनाइ सकेको छ । यसको पहुच विशेषगरी नेपालका सुरक्षा अंगहरुमा, प्रधानमंत्री स्तरका नेता तीनका श्रीमती, कर्मचारीहरुमा छ ।

 

 

 

 

अमेरीकी छनौटमा नेपालका उच्च घरानीया भनौदा र नेपालबाट कुटनैतिक मिसनमा अमेरीका बसेर नेपाल फर्कर्ने व्यक्ति र तिनको सन्तानलाई एजेन्ट बनाउन चाहन्छ । हाल अमेरीका नेपाल नितिमा भारतको पछाडी लागेकोले नेपालीमाथि कै सवभर्सिव कृयाकलापमा कम रुची राखेको छ । उसको रुची भनेको नेपालमा बसेर तिब्बत, चीन, भारत, पाकिस्तान लगायतका रणनैतिक खबर संकलन गर्नु नै हो ।

 

 

 

 

अनि सकेसम्म नेपालमा एन्टि तिब्बत मुभमेन्ट चलाउनमा सकृय रहनु हो । रुसको पकडबाट भारत टाढा रहेपछि उसको लागि मुख्य होस्टायल तार्गेट भनेको चीन नै हो । राजा महेन्द्रको पालामा उसको आफ्नो स्वार्थको कारणले पनि नेपाली जनतालाई पनि माया गथ्र्यो । हाल आएर अमेरीकाले नेपालीलाई होइन नेपालको भुगोललाई मात्र माया गर्न थालेको छ ।

 

 

 

किनकी, उसले हाम्रो जमिनलाई रणनैतिक प्रयोजनमा लगाउन चाहन्छ । अमेरीकाले नेपालका राजनितीज्ञ भन्दा सुरक्षा अंगहरुलाई बढि विस्वास गर्दछ र तीनै संग बढि लसपस गर्न खोज्दछ । त्यस पछिको अवस्थामा छिमेकी देस चीनले पनि नेपालमा आफ्नो प्रभुत्व छाउन खोजेको प्रष्ठै छ । उसले पनि शैक्षिक छात्रवृत्ति, पैसा, विकास दिएर नेपालका विज्ञ, प्राज्ञ, नेतालाई बहसमा लिन खोजको छ ।

 

 

 

 

तर उसको उद्देश्य नेपालको राष्ट्रिय सुरक्षा, एकता, भुगोल धर्मलाई खलल पार्ने भने पटक्कै होइन । उसको स्वार्थ नेपाली भुमीबाट तिव्वत माथि खतरा पुग्न नदिनु हो । बास्तवमा नेपालमा तिब्वती शरणार्थी नहुने र “फ्रि–टिवेट मुुभमेन्ट” नहुने हो भने चीनले नेपाललाई वास्ता गर्ने छाँट देखिन्न । चीनले कदापी नेपालीलाई नेपालकै “होस्टायल सिटीजन” बनाउने काम गरेको छैन । भलै यो चीसो ढुङ्गो जस्तो असाध्यै ढिलो कृया र प्रतिकृया गर्ने मित्र राष्ट्र हो ।

 

 

 

फेरी पनि भन्नु नेपाल र चीनको सम्बन्ध मैना चरी र लाटो कोसेरोको जस्तै हो । किनकी चीन नेपालको लागि दिनमा आँखा नदेख्ने लाटो कोसेरो जस्तै हो भने भारत र नेपालको संबन्ध माछा र बकुल्लाको जस्तै हो । भारतले जहिले पनि जताबाट पनि नेपाललाई ग्रेटर इन्डियामा छिराउनै खोज्दछ । अर्को तथ्य के हो भने २००७ सालदेखि हालसम्म छिमेकी भारतको नुन खाने नेपाली विद्वान, नेता, कार्यकर्ता, कर्मचारीहरुको बाहुल्यता अर्को दुई दसकलाई प्रयाप्त छन् ।

 

 

 

कुनै पनि हालतमा ति होष्टायल सिटीजनको कारणले नेपाल भारतको मुठिबाट बाहिर निष्कन सक्तैन । विशेष गरी कर्मचारीहरुले त्यो काम गरेका छन् । कि त राजा महेन्द्र, विश्वेस्वर कोइराला, पुष्पलाल श्रेष्ठको पूर्नजन्म भएका सम्भव छ कि अर्को छिमेकी चीन “तातो ढुङ्गो” भएर नेपाल मामीलामा धेरै भन्दा धेरै विकास दिने भएमा ।

 

 

 

 

भारतको गुनीला होष्टायल सिटीजनका पुस्ता सकिए पछि नेपालमा एउटा नयाँ पुस्ताले देसका सासन चलाउने छ । जसको सुरुवात रन्जू दर्सनाबाट भैसकेको छ । जस्ले विश्व, राष्ट्रिय स्वार्थ, स्वाभीमान, विदेसी दलाल हुनु बाट देसलाई पुग्ने क्षती, अनि व्यक्तिगत स्वाभीमान राम्ररी बुझेका हुनेछन् ।

 

 

 

अर्को तर्फ त्यस वेलासम्म भारतमा पनि त्यस्तै पुस्ताको उदय भैसकेको हुनेछ । अनि दुवै देसवीचको सम्मान र बुझाईमा ठुलो परिवर्तन हुनेछ । उदाहरणको लागि हाल बंगलादेसमा रहेका मुवा पुस्तामा उग्ररुपमा राष्ट्रबाट बढेको यो पंक्तिकारले दुई हप्ता अगाडी महसुस ग¥यो । त्यहाँ पनि भारतीय पक्षघर पुराना पुस्ता र भारतीय कुनै पनि सामान बंगलादेसमा ल्याउनु हुन्न र भारतीय गाडी समेत रोक्ने पुस्ता रहेछन् ।

 

 

 

बंगलादेसमा ९९ प्रतिशत जापानका गाडी रहेछन् भने कुनै पनि छिमेकीले बंगलादेसको विखन्डन गर्न खोज्छ भने त्यसको विरुद्ध ज्यान प्राण अर्पन गर्न तयार भएको कुरा युवा पुस्ताबाट सुनिन आयो । हाल भारतमा रहेका मालीकहरु र नेपालमा रहेका दासहरुको लेनदेन कम्तीमा पनि दुई दसक पछी मात्र सकिनेछ । तसर्थ, नेपालको भविष्य हालका युवा भाइ–बहिनीहरुको हातमा छ । आसा गरौं त्यती बेलासम्म नेपालका “होस्टायल सिटीजन” हरुले नेपाल बेच्ने छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement