वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन


काठमाण्डु – वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

बिहीबार बिहान छातीमा समस्या देखिएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको १ः४५ बजे निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

उनले घुम्तिमा नआउ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं कालजयी नेपाली गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement