एसीसी प्रिमियर कप : सस्तैमा समेटियो मलेसिया, नेपाललाई दियो १०४ रनको लक्ष्य

एसीसी प्रिमियर कप : सस्तैमा समेटियो मलेसिया, नेपाललाई दियो १०४ रनको लक्ष्य

२३ रन खर्चेर करण केसीले लिए ४ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य दिएको छ।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको खेलमा मलेसियाले नेपालविरुद्ध १०३ रन बनाउँदै सामान्य लक्ष्य दिएको हो। टस जितेर ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो।

मलेसियालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका अनुभवी बलर करण केसीले उत्कृष्ट बलिङ गरे। उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका हुन्।

कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा श्याहदत रम्लीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

केसीले चार लिँदा ललित राजवंशीले दुई विकेट लिए भने सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिन सफल भए।

नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो। जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन्।