वाटफोर्डसँग चेल्सीको लज्जास्पद हार


काठमाडौं–प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४–१ ले पराजित भएको छ ।

 

टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो ।

 

ट्रोए डिनेले ४२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोली वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए । चेल्सीका लागि ८२औँ मिनेटमा एडेन हाजार्डले बराबरी गोल फर्काए । तर वाटफोर्डले त्यसपछि ३ गोल थप्दै जित हात पार्‍यो ।

 

वाटफोर्डका लागि ८४औँ मनेटमा डाएल जनमातले गोल गर्दै २-१ को अग्रता दिलाउ । त्यसपछि ८८औँ मिनेटमा जेरार्ड डेउलोफेउ र इन्जुरी टाइमको पहिलो मिनेटमा रोवर्ट पाएराले गोल गरे ।

 

हारपछि २६ खेलबाट ५० अंक रहेको चेल्सी चौथो स्थानमा यथावत छ । उता २६ खेलबाट ३० अंक जोडेको वाटफोर्ड ११औँ स्थानमा छ

प्रतिक्रिया दिनुहोस
Advertisement