नेपाल कुनै पनि सैन्य गठबन्धनमा भाग लिंदैन : राष्ट्रपति भण्डारी


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने बताएकी छन् । चाइनिज पिपुल्स एसोसियसन फर पिस एण्ड डिसआर्मामेन्टले विश्व शान्ति दिवसका अवसरमा आयोजना गरेको सम्मेलनमा भिडियो सन्देश दिंदै नेपाल कुनै पनि प्रकारको सुरक्षा गठबन्धनमा सहभागी नहुने बताएकी हुन् ।

उनले नेपालको परराष्ट्र नीति असंग्लनता र पन्चशीलको सिद्धान्त र पारस्पिरिक लाभमा आधारित रहेको भन्दै सबै देशसंग मित्रता राख्न चाहेको धारणा राखेकी छन् । राष्ट्रपति भण्डारीले निशस्त्रिकरणमा जोड दिंदै आणविक तथा आम विनाशकारी हतियारको होडबाजी रोक्नुपर्ने भिडियो सन्देशमा बताईन ।

भिडियो सन्देशमा उनले भगवान् गौतम बुद्धको जन्मस्थल नेपालबाट अन्तर्राष्ट्रिय सम्मेलनलाई शान्ति दिवसका दिन सम्बोधन गर्न पाउँदा खुशी लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement