राष्ट्रपति निर्वाचन : चार दलबीच जुटेन सहमति, आजै ५ बजे फेरि बैठक बस्ने


काठमाण्डु – राष्ट्रपति उम्मेदवारका विषयमा छलफल गर्न बसेको चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा भएको चार दलबीचको छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने कांग्रेसका महामन्त्री गगन थापाले बताए ।

राष्ट्रपतिको साझा उम्मेदवार तयार गर्नेबारे कांग्रेस र माओवादीसहित चार दलको बैठकमा फरक-फरक प्रस्ताव आएपछि पुन ५ बजे अर्को बैठक बस्ने भएको हाे ।

उनले भने, ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ ५ बजे बस्नेगरी टुंग्याउछौं। ५ बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णैय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement