फ्रान्सका राष्ट्रपतिलाई एक व्यक्तिले हाने सार्वजनिक स्थलमै चड्कन


एजेन्सी – फ्रान्सका राष्ट्रपतिलाई एक व्यक्तिले सार्वजनिक स्थलमै चड्कन हानेका छन् । राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमण गरिरहेको बेला एक जनाले चड्कन हानेका हुन् ।

सीएनएनका अनुसार यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement