नेकपा अध्यक्ष प्रचण्ड परिवारमा भाइरलको प्रकोप


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।प्रचण्डको परिवारमा अहिले भाइरल ज्वरो वा मौसमी फ्लुले दुःख दिएको छ । प्रचण्ड परिवारका अधिकांश सदस्य मौसमी फ्लुबाट ग्रसित भएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम  प्रचण्ड निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । उनको घरमै उपचार भइरहेको छ र डाक्टरले घरमै गएर स्वास्थ्यमा निगरानी गर्दै आएका छन् प्रचण्ड परिवारका दुई सदस्य अहिले अस्पतालमा छन् । केही दिनअघि (गएको शनिबार) प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

सीताको स्वास्थ्यमा सुधार भइरहेका बेला प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री बिना मगरको स्वास्थ्यमा समस्या देखिएको छ । केही दिनदेखि फ्लुले संक्रमित भएकी मन्त्री मगरको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरियो ।

सीताको उपचार भइरहेकै धापाखेलको सुमेरु अस्पतालमा बिनालाई भर्ना गरिएको छ । सीतालाई आइसियुमा राखेर उपचार गरिएको छ भने मन्त्री मगरलाई सामान्य वार्डमा राखेर उपचार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement