नेकपा अध्यक्ष प्रचण्डको खुलासा : सहाना प्रधानलाई राष्ट्रपति बनाउन पहल गरेको थिएँ


काठमाडौं – शनिबार सहाना प्रधानको चौंथो स्मृतिसभामा बोल्दै (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साहना प्रधानलाई राष्ट्रपति बनाउन आफूले त्यतिबेला एमालेका नेताहरुसँग सकरात्मक प्रयास गरेको खुलासा गरेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनपछि आफू सहाना प्रधानलाई राष्ट्रपति बनाउने पक्षमा भएको र त्यतिबेलाका घटनाक्रमले त्यो सफल हुन नसकेको बताए। ‘कमेरड सहाना प्रधान राष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो’, उनले भने ‘मलाई त्यसमा अहिले पनि गहिरोगरी सम्झना गर्नै इच्छा हुने गर्दछ।’

उनले पञ्चायत र राजतन्त्रको विरोधी आन्दोलमा सहानाको योगदान अविस्मरीय रहेको समेत बताए। अध्यक्ष प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता ठूलो परिघटना भएको भन्दै त्यसलाई सहज रुपमा अगाडि लान नसके ठूलो जोखिम पनि हुने बताए। ‘दुईटा मूलधारका पार्टी हुँदा एउटाले गल्ती गरे जनताले अर्को हेर्ने ठाउँ हुने ग¥थ्यो’, उनले भने, ‘‘जनताले कहिले कसलाई अगाडि सार्दा हुन्छ भनेर सोच्ने ठाउँ थियो अब त्यो रहेन। त्यसकारण हामी ठूलो जोखिममा छौँ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेकपाले राम्रो काम गर्न नसके सबै एउटै डुंगामा डुब्ने खतरा रहेको औल्याए। राम्रो गर्दा नेपालको विकास र समृद्धिमा नभइ विश्वमा नै एउटा सन्देश जाने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement