राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी,एमालेद्धारा बहिस्कार


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भएपछि एमाले शितल निवास नजाने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्चस्तरीय छानबिन बनाउन सहमत भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement