राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले पलाञ्चोक भगवतीको दर्शन गरेका छन् । आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवतीको मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपतिले आफ्नी पत्नी सविता पौडेलसहित सो भगवतीको दर्शन गरेको राष्ट्रपतिको सचिवालयले जानकारी गराएको छ । स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी पनि राष्ट्रपतिका साथमा थिए ।

राष्ट्रपति पौडेललाई मन्दिर आएका दर्शनार्थीले स्वागत गरेका थिए । पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ ।

किंबदन्तीअनुसार नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement